
काठमाडौं । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले काठमाडौं, मोडेल अस्पताल बागबजार पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेको पारिवारिक स्रोतले बतायो ।
उहाँको शवलाई काठमाडौं मोडल अस्पतालबाट हाल त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । पोस्टमार्टमको रिपोर्ट शनिबार भएका कारण आइतबारमात्र आउने भएपछि उहाँको अन्त्यष्टि आइतबार गरिने पारिवारिक स्रोतले बतायो । पोस्टमार्टमको रिपोर्ट आएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखी संस्कार अनुसार अन्त्येष्टि गरिने बताइएको छ ।
३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पहिलो नेपाल आइडल हुनुहुन्छ । राईले नेपाल आइडलको उपाधि जित्दा फ्रेन्चाइज नेपाल आइडल आइसकेको थिएन । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल हुनुभएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ ।
खोटाङका स्थायी बासिन्दा राईले संगीत भरेको तथा गाएको गीतहरू सयौंको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन)लगायत गीत चर्चित छन् । उहाँको निधनप्रति गायक/गायिका एवं कलाकारले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच