रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । नेपाल कै प्रमुख पर्यटकियस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका धुलिखेल नगरपालिका-१० काभ्रेपलान्चोक स्थायी ठेगाना भएका ५४ बर्षका भुवन विश्वकर्माको सोमवार विहान लेख लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको जानकारी गराउनु भयो ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीकाअनुसार मृतक विश्वकर्मा आइतवार राती ९ बजे श्वास फेर्न समस्या भएपछी चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । 'चेकजाँच पछि शरिरमा अक्सिजनको कमी छ, आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा मान्नु भएन, चेकजाँच पछि सल्लेरी फर्कनु भएको थियाे तर सोमबार विहान ६ बजे तिर उहाँलाई साथिहरुले एम्बुलेन्समा लिएर आउनु भयो, अस्पताल पुग्दा उहाँको मृत्यु भैसकेको थियो,' चिकित्सक शाहीले भन्नुभयाे ।  चिकित्सकबमे टोलीले ८ बजे उनलाई मृत घोषणा गरेको थियो ।

'उहाँमा मोटोपन थियो, दमको पनि दिर्घरोगी पनि हुनुहुदो रैछ, हिमपात भएको वेला, चिसो मौषम, उच्च हिमाली भू-भागमा अक्सिजनको कमीको कारण लेक लागेर कार्डियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको हाे,' चिकित्सक शाहीले भन्नुभयो ।

आइतवार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

मृतक विश्वकर्माको लासलाई घर लैजाने की छोरा, छोरी वा श्रीमतीलाई यतै बोलाएर दाहसंस्कार गर्नेबारे साथमा आएका साथीहरुले सल्लाह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?