
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।
शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
भूकम्पको धक्का काठमाडौंसहित तिब्बतसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।
यसको तीव्रता ५.९ म्याग्निच्युड रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।
यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको उल्लेख गरिएको छ ।
यसअघि पुस २३ गते सोही क्षेत्र केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच