
काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुग्नुभएको छ । साइमन युइएफए प्रो-लाइसेन्स प्रशिक्षक हुनुहुन्छ । साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । सन् १९९६ को इंग्लिस लिग कप जित्नुभएको थियो । प्रशिक्षकका रूपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकाल्नुभएको थियो । उहाँले भारतको इण्डियन सुपर लिग (आइएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हाल्नुभएको थियो । उहाँको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इण्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो । इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले टिमलाई झनै बलियो बनाउने अपेक्षा ललितपुरले गरेको छ ।
त्यस्तै, ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना पनि नेपाल आइपुग्नुभएको छ । एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसक्नुभएका उहाँलाई ललितपुरले तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएका कान्टिलानाले एसिया र मध्यपूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।
यस्तै, हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि नेपाल सुपर लिग खेल्न नेपाल आइपुग्नुभएको छ । सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहनुभएका उहाँले १४ गोल गर्नुभएको छ ।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेल्नुभएको थियो । ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच