
भोजपुर । आगामी चैत्र ५ गते हुन गई रहेको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारीमा भोजपुरमा क्रियाशिल विद्यार्थी संगठनहरु पनि जुटेका छन् ।
त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा क्रियाशिल छ वटा विद्यार्थी संगठनहरुले दुई प्यानल बनाएर निर्वाचनमा जुटेका हुन । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त प्यानल बनाएका छन् भने बाँकी अखिल (क्रान्तिकारी), समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल (समाजवादी) ले अर्को प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
नेपाल विद्यार्थी संघ र अनेरास्वबियुले संयुक्त प्यानलले अध्यक्षमा अशोक कुमार कार्की, सचिव विश्मार्क राई, कोषाध्यक्ष विशाल कार्की, सदस्यहरुमा सहर्शा राई, राजन नेपाल, करुणा मगर, हेमराज काकी र निशान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्वबियू र अखिल(समाजवादी) को संयुक्त प्यानलले अध्यक्षमा सोविन तामाङ, सचिव जीवन राई, कोषाध्यक्ष अभियान चाम्लिङ राई, सदस्यहरुमा निनाम्मा राई, अनिशा राई, रेजिना कट्वाल, नमुना राई र अनिश पराजुलीलाई उम्मेदवार बनाएको छ ।
निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै दुवै प्रतिस्पर्धीहरु अहिले चुनावी अभियानमा ब्यस्ता बनेका छन । स्वबियु निर्वाचन समितिका सदस्य लकेश राईका अनुसार भोजपुर बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा एक सय ६६ छात्र र चार सय २५ जना छात्रा गरी कुल पाँच सय ९१ जना मतदाता रहेका छन ।
यता जिल्लाको उत्तरमा रहेको षडानन्द वहुमुखी क्याम्पस दिङ्लामा पनि दुई प्यानलका विच प्रतिष्पर्धा हुने भएको छ ।
अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी युनियनको एउटा प्यानल छ भने अर्को तर्फ अखिल (क्रान्तिकारी) चुनावी प्रतिष्पर्धामा छ । षडानन्दमा अन्य संयुक्त प्यानलसँग अखिल (क्रान्तिकारी) एकल चुनावी मैदानमा उत्रिएको जिल्ला ईन्चार्ज मौसमचन्द्र राईले बताउनुभयो ।
षडानन्द वहुमुखी क्याम्पसमा एक सय ९२ जना कुल मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच