
नयाँदिल्ली । महिला प्रिमियर लिगको तेस्रो सिजनको फाइनल खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेभएको छ । फाइनल खेल मार्च १५ मा मुम्बईको ब्राबोर्न स्टेडियममा हुनेछ । बिहीबार भएको एलिमिनेटरमा गुजरात जायन्ट्सलाई ४७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तीन वर्षमा दोस्रोपटक फाइनलमा भिड्नेछन् । पहिलो सिजनको फाइनल पनि यी दुई बीच २०२३ मा खेलिएको थियो र मुम्बईले उपाधि जितेको थियो । दिल्ली गतवर्ष फाइनलमा बेंगलुरुसँग पराजित भएको थियो। टोलीले लगातार तेस्रो फाइनल खेल्नेछ ।
दिल्ली अंक तालिकाको शीर्ष स्थानमा थियो । लिगमा पाँच टोलीले भाग लिएका छन् । समूह चरणको खेल सकिएपछि अंक तालिकाको शीर्ष स्थानमा रहेका टोली सिधै फाइनलमा पुग्नेका हुन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच