सेयर बजार दाेहाेराे अंकले घट्याे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाईलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ ।

यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा घटेको हो । यस दिन बैंकिङ र विकास बैंक समूहहरु बढी घटेका छन् ।

यस दिन २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?