काला लामा चुुल्बुुले छन् कपाल ।
रङ्गी जामा तुुल्बुुले झन् मिजास ।।
फुुल्दैछन् हा ! ओठमा नै गुराँस ।
छर्दै मायाँ प्रीतिको तन्तुु बाँध ।।
हाँस्दै नाच्दै बैँस पोखी वसन्त ।
झर्ना झर्छन् नाद छर्दै अनन्त ।।
बास्ना बोकी वायुु फाल्छन् सुुगन्ध ।
खुुल्नै थाले कोइली कण्ठ मन्द ।।
गोठालाका गीत पाखा पखेरा ।
घन्की फाल्छन् दर्दिला ती कचेरा ।
डाँफे नाच्छन् मुुक्त आकाश चुम्दै ।
ग्ङ्गा बग्छन् वेगका वेग बुुन्दै ।।
पर्खें धेरै प्रीतिको याम आयो ।
चित्तै मेरो दर्दले झन्झनायो ।
हेर्दा हेर्दै रङ्गका पर्व नाचे ।
आऊ प्यारी लग्न फेरी नसाँचे ।।
समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच