
काठमाडौं । विश्व पारा एथलेटिक्स ग्राण्ड प्रिक्समा सहभागी भई नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाउनुभएको थियो ।
प्रभाले टी-४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जित्नुभएको हो । प्रभाले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा पनि सहभागिता जनाउनुभएको थियो ।
प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए । पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेल्नुभएको थियो ।
अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर भारत जानुभएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच