
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-१६ स्थित सूर्यनगर रंगशालामा दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लुम्बिनी प्रदेश फुटबल संघको आयोजना तथा समन्वयमा आज(शनिबार) देखि चैत ८ गतेसम्म लिग सञ्चालन हुनेछ ।
लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भीमकाजी गुरुङका अनुसार प्रतियोगितामा सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरूमा धम्बोजी क्लब (बाँके), राइजिङ स्टार सामुदायिक प्रतिष्ठान (नवलपरासी), फर्साटिकर युवा क्लब (रूपन्देही), न्यू स्टार फुटबल एकेडेमी (दाङ), जनजागृति युवा क्लब (बर्दिया), न्यू युथ युनियन क्लब (पाल्पा) र गोल्डेन स्टार युवा क्लब (कपिलवस्तु) रहेका छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले दुई लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टिमले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार जित्नेछ । लुम्बिनी फुटबल संघका कोषाध्यक्ष मिग्मा चौधरीका अनुसार प्रतियोगिताले प्रदेशभरिका युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच