कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौंधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताउनु भयो । प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटरलगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन । किसानहरु आफ्नो पेशामा हतोत्साही छन । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुको लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सपाेर्ट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?