काठमाडौं । हालैको २०२३ ओमोडाले अन्तर्राष्ट्रिय उपयोगकर्ता परिस्थितिको सहकारी सृष्टि सम्मेलनमा ओमोडाको अग्रगामी जीवनशैली इकोसिस्टम, उन्नत प्रविधिको प्रगति, हरित विकास यात्रा र आनन्दपूर्ण बौद्धिक इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदर्शन गर्दै उत्कृष्ट विषयवस्तुका गतिविधिका साथ विश्वव्यापी सहभागीलाई चकित पारेको छ । सहभागी र मिडियालाई ओमोडाको उत्पादन प्रदर्शनको वास्तविक अनुभव गराउन ओमोडाले सम्मेलनका क्रममा विभिन्न परीक्षण गर्ने साथै टेष्ट ड्राइभिङ कार्यक्रम पनि आयोजना गरेको थियो ।
जसमध्ये ओमोडा इ ५ ब्राण्डको प्रमुख विद्युतीय मोडलले आफ्नो अग्रगामी डिजाइन इस्थेटिक्स, उल्लेखनीय शक्ति प्रदर्शन र अग्रगामी सानदार प्रविधिका लागि परीक्षकहरूबाट प्रशंसा प्राप्त गरेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार युवा पुस्ताको आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओमोडा इ ५ ले भविष्यवादी सुविधा समेटेको छ । यसले एयरो डाइनामिक प्रदर्शन बढाउँदै ४५० किमीसम्मको दूरी प्रदान गर्छ ।
एसपिजी अटोमोबाइल्स प्रालि चेरी अटोमोबाइलको नेपालका लागि अधिकृत बिक्रेता हो । २०२१ मा सञ्चालन सुरु गरेको कम्पनीले चीनमा रहेको आफ्नो उत्पादन कारखानाबाट चेरी गाडी आयात गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच