
काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८औँ जन्मजयन्ती आगामी २०८१ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ पत्रकार एवं लेखक विजय चालिसेलाई ५० हजार रुपैयाँ नगद राशिसहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । यसैगरी प्रतिष्ठानले निबन्धकार पवन आलोकलाई २५ हजार रुपैयाँ नगद राशिसहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।
वरिष्ठ साहित्यकार चालिसेका डोटेली लोकसंस्कृति (लोकसाहित्य) र अप्रिलको बेलायत (नियात्रा, २०४५), मनका तूलिकामा स्मृतिका बिम्बहरू (नियात्रा, २०६३), ओहृ...नेपारु (नियात्रा, २०७३), मरुभूमिको फूल (निबन्ध, २०७७), सर्पदंशित मेरो वर्तमान (संस्मरण, २०७७), परिशीलन (निबन्ध, २०७७), जीवनका वक्ररेखा (आत्मसंस्मरण २०७८) लगायत विभिन्न कृति प्रकाशित छन् ।
यसैगरी नियात्राकार आलोकका युरोपको झझल्को (नियात्रा, २०६७), अरुण एक्सप्रेस (यात्रा उपन्यास २०७३), केही सम्झना : केही सिर्जना (निबन्धसंग्र्रह, २०७३) लगायत विभिन्न कृतिहरू प्रकाशित छन् ।
प्रतिष्ठानले यसअघि शंकर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्रसिंह प्रधान, प्रा.डा. दुर्गाप्रसाद भण्डारी, डा. तारानाथ शर्मा, श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा.डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिसकेको छ ।
यसैगरी शंकर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमककुमारी घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, मोमिला जोशी, प्रतीक ढकाल, ज्ञानेन्द्र विवशलाई प्रदान गरिसकेको छ ।
यसैगरी शंकर लामिछाने सम्मानबाट वरिष्ठ सर्जकहरू मदनमणि दीक्षित (२०७३), लोकेन्द्रबहादुर चन्द (२०७५), भैरव रिसाल (२०७७), भैरवबहादुर थापा (२०७८) र तेजेश्वरबाबु ग्वंगः (२०७९) अभिनन्दित भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच