
वेदाङ्का रूपमा स्थापित ज्योतिषशास्त्रले आकाशीय ग्रह गणना गरी सोही आधारमा फलादेश गर्ने गर्दछ । यसका सिद्धान्त, संहिता होरा मुख्य तीन भेद हुन् । सिद्धान्तपक्षले गणनाका सिद्धान्तमा चर्चा गर्दछ भने संहिताले भौतिक फलादेश र होराले जन्मसमयका आधारमा जन्मकुण्डली बनाई व्यक्तिको शुभाशुभ फलादेश गर्ने गर्दछ । ज्योतिष र अध्यात्मको अन्योन्याश्रित सम्बन्ध रहेको छ । ज्योतिषकाल वा समयबोधक शास्त्र हो । यसरी समयको निर्देशनपश्चत् वैदिक यज्ञ सोही समयमा सम्पादन गर्दा फलभोग योग्य हुन्छन् ।
ज्योतिषमा भौतिक पिण्ड साधन वा आध्यात्मिक तत्व साधन दुवै विषयवस्तुको गणना गण्ना पाइनछन् । विशेषतः भौतिकभन्दा पनि आध्यात्मिक पक्ष विशेष महत्वपूर्ण रहेको छ । जसका निम्ति स्थिर मानक निर्धारण गरिएका छन् । जसबाट तिथि, नक्षत्र, योग, वार करण साधन गरिन्छन् । आज ज्योतिषलाई दृक्सिद्ध बनाई फलादेश गर्ने प्रवृत्ति पनि पाइन्छ । हरेकका आ–आफ्नाम प्रयोजन छन् । मूलतः अध्यात्मको साधनामा नै ज्योतिषीय परिगणना केन्द्रित छन् । भौतिक कुरा क्षणिक हुन्छन् भने आध्यात्मिक पक्षले दीर्घकालिक वा जन्मजन्मान्तरको प्रतिनिधित्व गरेको हुन्छ ।
आजको विज्ञानले सूर्यकेन्द्रिक गणना गर्ने गर्दछ । खगोलको अध्ययनका लागि सूर्य केन्द्रिक गणना पनि आवश्यक हुन्छ तर हामी पृथ्वीवासीलाई चाहिने आवश्यक विषयवस्तुको फल प्रक्षेपणार्थ सूर्य केन्द्रिक गणनाले हुँदैन । यसैले पृथ्वी केन्द्रिक गणना नै गर्नुपर्दछ । आजको विज्ञानले मौसमलगायतका भविष्यवाणी गर्दा पृथ्वी केन्द्रिक गणनाको नै उपयोग गर्ने गर्दछ ।
मूलतः ज्योतिष अध्यात्मसम्बद्ध शास्त्र हो । भौतिक विषयवस्तुको दर्शन गराएर अध्यात्मको साधनमा केन्द्रित रहन ज्योतिषशास्त्रले अभिप्रेरित गर्दछ । देखिने कुरा भौतिक हुन् भने अदृष्ट अध्यात्म हो । भौतिकभन्दा आध्यात्मिक पक्षको साधना अधिक हुने गर्दछ । ग्रहभन्दा पनि ग्रहले प्रतिनिधित्व गर्ने तत्वको विशेष महिमा रहेको छ । यसैले ज्योतिषचक्र र अध्यात्मको अन्योन्याश्रित सम्बन्ध पाइन्छ । मूलतः चार अर्ब ३२ करोड वर्षको एक चक्र परिकल्पना गरिएको छ । यसलाई एक ब्रहमदिन वा एक कल्प पनि भनिन्छ । जुन ब्रहृमाजीको एक दिन (१२ घण्टाको) को समय हो । यो चक्रभित्रको समयमा अध्यात्म साधनाका निम्ति उत्तम समयको निर्धारण ज्योतिष शास्त्रले तय गर्दछ । यसमा ध्रुवलाई केन्द्र मानेर ग्रहनक्षत्र चक्रलाई परिभ्रमण गराइएको छ । जसको गणना ज्योषितशास्त्रका सूत्रानुसार हुने गर्दछ ।
आजको विज्ञानले सूर्यकेन्द्रिक गणना गर्ने गर्दछ । खगोलको अध्ययनका लागि सूर्य केन्द्रिक गणना पनि आवश्यक हुन्छ तर हामी पृथ्वीवासीलाई चाहिने आवश्यक विषयवस्तुको फल प्रक्षेपणार्थ सूर्य केन्द्रिक गणनाले हुँदैन । यसैले पृथ्वी केन्द्रिक गणना नै गर्नुपर्दछ । आजको विज्ञानले मौसमलगायतका भविष्यवाणी गर्दा पृथ्वी केन्द्रिक गणनाको नै उपयोग गर्ने गर्दछ । अझ अध्यात्म साधनाका निम्ति मेरुकेन्द्रिक गणना गर्नुपर्ने सूर्यसिद्धान्तादि पौरस्त्य ज्योतिषशास्त्रको मत रहेको छ । मेरुकेन्द्र भूकेन्द्रभन्दा केही सूक्ष्म भिन्न स्थानमा छ । यदि भूकेन्द्रि गणना हुने हो भने मध्यको उदयमान ३०० विकलाको हुनुपथ्र्यो तर २९९ पठित छ । यसबाट पनि भूकेन्द्रिक र मेरुकेन्द्रिक गणनामा किञ्चित् भिन्नता रहेको देखिन्छ ।
मूलतः ब्रहृमाजीले भचक्रको निर्माण गर्नुभएको छ । शास्त्रीय प्रमाणका आधारमा हाम्रो ज्यतिश्चक्र चलेको छ । सर्वप्रथम ब्रहमाजीले पृथ्वी, चन्द्रमा, बुध, शुक्र, सूर्य, मंगल, गुरु, शनि र सबैभन्दा माथि नक्षत्रकक्षाको सृष्टि गर्नुभयो । यसपछि यी सबैको एक मुष्ट चक्र परिकल्पना गरी दिनमा एकपटक प्रवह नामक वायुलाई घुम्नका लागि प्रेरित गराउन लाग्नुभयो । यसका साथै ग्रहलाई पूर्वाभिमुखी गति प्रदान गर्नुभयो । यसैले ग्रह निरन्तर कमिलाजस्तै पूर्वाभिमुखी भई घुम्न थाले भने प्रवह वायुले गर्दा सम्पूर्ण ग्रह नक्षत्र चक्र नै दिनमा एक चक्कर लगाउन थाले पृथ्वीलाई (सिद्धान्तशिरोमणि) । यहाँ पृथ्वीलाई स्थिर मानी गणना गरिएको छ । हुन त पृथ्वी पनि गतिशील नै छन् तर गणना निकाल्दै गर्दा कुनै न कुनै वस्तुलाई स्थिर मान्नुपर्दछ ।
घडीको डायललाई स्थिर राखेर सुई घुमाए पनि वा सूईलाई स्थिर राखेर डायल घुमाए पनि समय नै प्राप्त हुन्छ । तर, दुवै घुमाउँदा समय गन्न असजिलो हुने भएकाले पृथ्वीलाई स्थिर मानिएको हो । ज्योतिषले पृथ्वीलाई स्थिर मान्छ जुन वैज्ञानिक होइन भन्दै आलोचना गरेको पाइन्छ । यस्तो होइन । आधार पृथ्वीलाई मानिएकाले यहाँ पृथ्वी स्थिर छन् । ‘क’ वा ‘ख’ मध्ये कुनै एक वस्तुलाई स्थिर मानेरमात्र दूरी पत्ता लगाउन सकिन्छ । ‘क’ स्थिर र ‘ख’ चलायमान छ भने कबाट ‘ख’ कति दूरीमा छ भनी गणना गर्न सकिन्छ तर दुवै गतिशील हुँदा गणना गर्न सकिँदैन । यही मान्यतालाई ज्योतिषशास्त्रले अवलम्बन गरेको छ । आजको विज्ञानले सूर्यलाई स्थिर मान्छ भने हाम्रो ज्योतिषशास्त्रले पृथ्वीलाई स्थिर मान्ने गर्दछ । यसैले गणनामा त्यस्तो अधिक भिन्नता रहँदैन ।
आकाश र आकाशमा देखिने ग्रहमण्डललाई निश्चित क्रममा विभिक्त गरिएको छ । गतिअनुसार जुन नक्षत्र तारा आकाशमा देखिन्छन् त्यही नक्षत्रको त्यो दिन हुन्छ । चन्द्रमा त्यही नक्षत्रमा विद्यमान रहन्छन् । सूर्य ग्रहका राजामात्र होइनन् सूर्य जगत्का आत्मा पनि हुन् । यही कुरा ऋग्वेदमा उल्लेख छ । हामीले सूर्यलाई देवताका रूपमा पूजा गर्दछौं । सूर्यका मन्त्र जप गरेर तत्जन्य तत्त्वको साधना पनि गर्दछौं । यसरी सूर्य भौतिक पिण्डमात्र नभई आत्मिक विषयको प्रतिबिम्बन गर्ने तत्व पनि हुन् । चन्द्रमाले मानको, मंगलले सत्व वा बल पराक्रमाको प्रतिनिधित्व गर्दछन् । बुधले ज्ञान विज्ञान एवम् प्रेमको, बृहस्पतिले अर्थ एवं ज्ञानको, शुक्रले कलाको, शनिले सेवावृत्तिको प्रतिनिधित्व गर्दछन् ।
आकाशमा देखिने ग्रह भौतिक पिण्ड हुन् । ग्रहजन्य वृत्ति हामीमा अन्तर्निहति छ । यसैले त सबैभन्दा टाढा रहने शनिश्चर प्रतिकूल हुँदा पनि हामी जपद्वारा शान्ति गर्दछौँ । टाढा रहेका शनिको जपले कसरी हाम्रो शरीमा स्वाथ्य प्रभाव पार्दछन् ? यसरी शनि हामीभित्र रहेको एक विशेष तत्व हो जसको आराधनाले तज्जज्य विषय शान्त हुन्छन् । भौतिक पिण्ड वा किरण आएर शान्ति दिन्छ भन्नेभन्दा पनि त्यो शक्ति आफूमा जागृत हुन्छ भन्नु उपयुक्त हुन्छ । किरणले दिने प्रभावभन्दा पनि करोडौं गुणा प्रभाव त्यो आध्यात्मिक शक्तिबाट प्राप्त हुने गर्दछ । जसरी करोनाविरुद्धको इम्युनपावर आफैँले बढाउने हो त्यस्तै ग्रहजन्य प्रभावको इमइुन हुन्छ । यसैले ग्रहको भौतिक पिण्डभन्दा पनि आत्मिक पिण्डको महत्व अधिक रहन्छ ।
ग्रहसम्बद्ध विषयवस्तु आध्यात्मिक हुन् । ध्रुवलाई स्थिर राखी सोही केन्द्रबाट ग्रह नित्य परिभ्रमण गर्ने गर्दछन् । यसैले ग्रह धु्रवकेन्द्रिक हुन्छन् । ध्रुवकेन्द्रिक ग्रहको गणनाबाट नै हाम्रा धार्मिक कार्य सम्पादन हुनु ध्रुवाभिमुख हुनु वा आध्यात्मिक वृत्तिका रहनु हो । यसरी ग्रहको गणना गर्दै गर्दा स्थिर सिद्धान्तलाई अवलम्बन गर्नुको विकल्प रहँदैन । यसैले सूर्यसिद्धान्तमा यही स्थिर सिद्धान्त बताइएको छ भने तात्कालिक ग्रह साधनार्थ बीजकर्म गर्ने विधि बीजोपनयनाध्यायलाई पनि समावेश गरिएको छ । बीज भनेको धन वा ऋण गरी ग्रहलाई दृक्तुल्य बनाउने कार्य हो ।
ज्योतिष आध्यात्मिक शास्त्र हो । अध्यात्मको साधनाका निम्ति नै ज्योतिषचक्रको गणना एवम् साधन गरिन्छ । सूर्य उत्तर र वा दक्षिण जुन बिन्दुमा पुगे पनि हाम्रो पूर्वबिन्दु ती दुईबीचको मध्यभाग नै हुन्छ । सोही विषयवस्तुको परिकल्पना गरी अध्यात्मि साधनाका गर्नका निम्ति कालगणना गर्ने पद्धति शास्त्रमा उल्लेख पाइन्छ ।
कालक्रम अनुसार ग्रह परिभ्रमणमा दोलायमान प्रक्रम चलिरहन्छ । सूर्यकै उदाहरणका रूपमा लिन सक्दछौँ । ‘यत्रोदितार्क किल तत्र पूर्व’ अर्थात् जहाँबाट सूर्य उदाउछन् त्यो पूर्व दिशा हो । सूर्य उदाउने कुनै एक निश्चित स्थान हुँदैन । दक्षिणायन भए दक्षिणतिर सर्दे र उत्तरायण हुँदा उत्तरतिर सर्दै सूर्य उदाइरहेका हुन्छ । अब पूर्वको कुनै एक विन्दु लिनु पर्दा हामीले परं उत्तर र परं दक्षिणका दुई बिन्दुको दूरीलाई आधा बनाइएको स्थान वास्तवमा नित्य पूर्व रहन्छ । त्यही स्थानको उत्तर वा दक्षिणमा सूर्य नित्य चलिरहेको हुन्छन् । यसैगरी अन्य ग्रहको अवस्थिति पनि गणना गरिएको हुन्छ ।
यसैले सौरोक्तमतलाई दृग्योग्य छैन भनी आरोप लाग्ने गर्दछ । अध्यात्म साधनका लागि मानिएको एक बिन्दु नै पूर्व हो भने वास्तविक ग्रह दर्शनका लागि दृक्कर्म गरिएको, बीज संस्कार गरिएको वास्तविक स्थानको भौतिक ग्रह हो । यसरी हरेक विषयवस्तुको गणना क्रम बताइए पनि त्यो कुरालाई बेवास्ता गरी दृग्योग्य छैनन् भन्दै पाश्चात्य ग्रह गणना पद्धतिलाई भिœयाउने यत्न गर्नु सर्वथा गलत हुन्छ । सौरोक्त पद्धतिबाट पनि ग्रहलाई दृग्योग्य बनाउन सकिन्छ र ती पद्धति पनि शास्त्रमा उल्लेख छन् । तर आफ्नो पन प्रकृतिलाई मासेर अर्काको पनमा रमाउनु स्वत्व गुमाउनुमात्र हो ।
ज्योतिष आध्यात्मिक शास्त्र हो । अध्यात्मको साधनाका निम्ति नै ज्योतिषचक्रको गणना एवं साधन गरिन्छ । सूर्य उत्तर र वा दक्षिण जुन बिन्दुमा पुगे पनि हाम्रो पूर्व बिन्दु ती दुईबीचको मध्यभाग नै हुन्छ । सोही विषयवस्तुको परिकल्पना गरी अध्यात्मि साधनाका गर्नका निम्ति कालगणना गर्ने पद्धति शास्त्रमा उल्लेख पाइन्छ । आज धेरैले भौतिक पिण्डलाई देखाएर अध्यात्म साधनाका मार्गमा अनेक अवरोध खडा गरेका देखिन्छन् । दृक् वा दृश्यको रटान लगाएर स्वत्व नै गुमाउने यत्नमा पनि उद्यत् भएको देखिन्छ । हाम्रा दिव्य दृष्टिले ग्रहलाई देख्न सक्नु पर्दछ । भौतिक आँखालाई मात्र प्रमाण मान्ने भौतिकवादी हुन् । अध्यात्मि त्यो भन्दा पनि पर छ, सूक्ष्म र प्रभावकारी रूपमा । सूर्य उच्च हुने स्थान मिथुन राशिमा पुगिसेको छ तर मेषको दश अंशसम्म नै किन सूर्यलाई उच्चको फलादेश गरिन्छ ?
यसको उत्तर भौतिक गणितबाट प्राप्त हुँदैन । त्यो आत्मिक कार्य साधनार्थ बताइएको मार्ग हो । यसैले त्यही उच्चको फल घटित हुन्छ । जो शास्त्रोक्त हो । शास्त्रका वचनलाई फलादेशको सूत्र मान्ने हो भने भौतिकभन्दा आध्यात्मिक पक्षलाई केन्द्रमा राखिनुपर्दछ । तदनुसार उच्च नीचादि बलाबलको व्यवस्था गरिएको छ । आजको दृक् पद्धति अनुसार पछि लाग्ने हो भने हाम्रा मास गणना, वर्ष गणना, फलित ज्योतिष एवं धर्मशास्त्र पूर्णरूपमा परिवर्तनीय रहन्छन् । जुन हाम्रो वशको कुरा होइन र शास्त्रीय मर्यादा पनि होइन ।
शास्त्रले दिएका आदेशको परिपालना गर्ने हो भने आकाशीय ग्रहलाई पनि आध्यात्मिक रूपमै गणना गरी फलादेश एवं धर्मशासत्रीय कार्य सम्पादन गरिनुपर्दछ । किनकि ज्योतिष पनि वेदाङ्ग हो, वैदिक विषयवस्तुको साधक हो । काल निर्धारक हो । यसैले हाम्रा मूल सिद्धान्तलाई छोड्नु हुँदैन । दृश्यका नाममा फैलाइएका नकारात्मक प्रचारबाट बच्नु जरुरी छ । दृग्योग्य बनाउने सौरोक्त पद्धति, बीजसंस्कार आदि गरेर भए पनि हाम्रो पद्धतिलाई अवलम्बन गर्न सकिन्छ । यसतर्फ नै अघि बढ्नु श्रेयश्कर हुन्छन् किनकि भौतिकभन्दा पनि आध्यात्मिक ग्रह नै शुभाशुभ फल भोगका निम्ति योग्य छन् र यो शास्त्रीय आदेश पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच