
हुम्ला । हिमाली जिल्ला हुम्लामा अवैध चिनियाँ मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ ।
जिल्लाको उत्तरी क्षेत्रबाट सदरमुकाम सिमकोटमा भित्रिदै गरेको चिनियाँ मदिरा शनिबार राति बरामद गरि आइतबार दिउँसो सदरमुकाम सिमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको २६ कार्टुन चिनियाँ मदिरा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । एक कार्टुनमा बाह्र बोतल चिनियाँ मदिरा हुने गरेको छ । सदरमुकाम सिमकोटमा प्रति बोतल मदिराको रु पाँच सय पर्ने गरेको छ । २६ कार्टुनमा ३ सय, बाह्र बोतल चिनियाँ मदिरा रहनुका साथै रु एक लाख, पचास हजार रुपियाँ बराबरको मदिरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
चिनियाँ मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनाले बरामद गरिएको हो । हुम्लामा चिनियाँ मदिरा (झिनिगिन्टी) लाई अवैध मानिदै आएको छ । चिनियाँ मदिरा हिल्सा, लिमि लाप्चा, चुवाखोला, नेक्पाको टाके लगायतका नाकाबाट यहाँका स्थानीय व्यापारीले छुकिछिपी गरेर ल्याउने गरेका छन् । वर्षाको ६ महिना चीनसँग जोडिएका नाका खुलेपिछ छुकिछिपि ल्याउने गर्दछन् ।
साथै चीनसँगका सिमानाका हुम्लामा हिउँदमा हिमपातले ६ महिना बन्द हुने गरेका छन् । ६ महिना खुल्ने थरेका छन् । नियन्त्रणमा लिएको मदिरा कोष तथा नियन्त्रण कार्यालय सिमकोटमा बुझाउने र त्यसपछि नष्ट गरिने भएको जानकारी प्राप्त भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच