
पाँचथर । फिदिममा आयोजित पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युवा फुटबल क्लब सप्तरीले जितेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि उचालेको हो । नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले ७३औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा उपविजेतामा सीमित बन्यो ।
उपाधि जितेको नमोबुद्धले ११ लाख एक हजार १११ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडा, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकलगायतले पुरस्कार वितरण गर्नुभयो ।
नमोबुद्ध ‘ए’ डिभिजनका तीन क्लबलाई हराएर विजेता बनेको हो । नमोबुद्धले क्वाटरफाइनलमा नेपाल पुलिस क्लब तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गरेको हो । प्रतियोगिताको विधागत पुरस्कारसमेत अधिकांश नमोबुद्धकै खेलाडीले प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जयनाथ सेख, उत्कृष्ट प्रशिक्षक धनकुमार तामाङ, उत्कृष्ट मिडफिल्डर विवेक राई र फाइनल खेलको उत्कृष्ट खेलाडी नमोबुद्धकै निर्मल घिसिङ घोषित हुनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित नमोबुद्धका दिपेश चाम्लिङले १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट रक्षक मच्छिन्द्रका देवेन्द्र तामाङले १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच