
काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा भएको सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउनेछ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्च गुणस्तरको भन्दै आयात भइरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्न हालको रकममा छुट प्रदान गर्नेछ ।
त्यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ । मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत् समन्वय र सहकार्य गर्ने सम्झौतामा छ ।
त्यस्तै, कार्यक्रम सञ्चालन भइरहेका जिल्लाहरूमा आँखा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण मन्त्रालयले गर्नेछ । मन्त्रालयले मोतियाबिन्दु शल्यक्रियापछि उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानुनबमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्नुका साथै तिलगंगाले आँखा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउनेछ । सम्झौता आदानप्रदानपछि आयोजित कार्यक्रममा मन्त्री पौडेलले डा. सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको बताउनुभयो । अन्तर्राष्ट्रिस्तरमा ख्यातिप्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यतर्फबाट मूल्यांंकन गर्दै थप सहयोग पु¥याउनुपर्छ भनेर सम्झौता गरिएको उहाँको भनाइ थियो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘डा. रुइतले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ, संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौं ।’
डा. रुइतले स्वास्थ्यमन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यमन्त्रीज्यू सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ, हामी हातेमालो गर्न तयार छौं । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सघाउन आग्रह गर्दछु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच