मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा ८ जनाको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणको श्रृंखलामा सोमवार आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । देइर अल-बलाहको अल-अक्सा अस्पतालले तीन युवाहरूको शव फेला परेको छ । तीन जना घाइतेहरूको उपचार भइरहेको छ ।

अल-बुरेइजको पूर्वी क्षेत्रलाई लक्षित गर्दै इजरायली गोलाबारीबाट दुई जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । इजरायली सेनाले जनवरीमा इजरायल र हमास बीच भएको चरणवद्ध युद्धविराम सम्झौताको स्थायित्वको बारेमा अनिश्चितताको बीचमा हालै गाजामा हवाई हमलाहरू तिब्र पारेको छ । सम्झौताको पहिलो ६ हप्ताको चरण मार्च १ मा समाप्त भएको थियो ।

दोस्रो चरणको वार्ता अझै रोकिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूबाट सोमवार जारी विज्ञप्तिअनुसार अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार ५ सय ७७ पुगेको छ भने अन्य १ लाख १२ हजार ४१ जना घाइते भएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?