
-चञ्चल झा
रौतहट । श्रोत नखुलेको नगद सहित रौतहटबाट दुइ जना व्यक्ती पक्राउ परेको छ । सोमवार साँझ करिब ६ बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको दुइ जना सवार रहेको मोटरसाइकललाइ चेक जाँच गर्दा श्रोत नखुलेको रकम सहित दुइ जना व्यक्ति पक्राउ सशस्त्र प्रहरी बल,नेपाल नं. ११ गण हेड क्वाटर रौतहटले जनाएको छ ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ महुलिया स्थित सीमा नाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३५ प ६५४५ नम्बरको मोटर साईकललाई सशस्त्र प्रहरी बल, नेपालको सीमा गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मोटर साईकलमा सवार रहेका दुइ जनालाइ श्रोत नखुलेको नगद सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल,नेपाल नं. ११ गण हेड क्वाटर रौतहटको सुचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी गराउनु भयो ।
सशस्त्र प्रहरी निरीक्षक सिंहले दिएको जानकारी अनुसार श्रोत नखुलेको नगद सहित रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को सहजाज देवान र राजपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ३२ को शेख सम्सानलाइ पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तीहरुको साथबाट श्रोत नखुलेकोनेपाली रुपैया रु १,०००।– दर को नोट ३०९ थान र रु ५००।– को दरको नोट १०० थान गरि तीन लाख उनन्नसाठ्ठी हजार नेपाली रुपैया नगद बरामद भएको थियो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका दुइ जना व्यक्तिहरुलाई नगद र मो.सा. सहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाउँदा मोटरसाइकलको मुल्य रु. तिन लाख गरी जम्मा भन्सार मुल्य रु. ६,५९,०००।– (छ लाख उनन्साठ्ठी हजार) कायम भएको सशस्त्र प्रहरी बल,नेपाल नं. ११ गण हेड क्वाटर रौतहटले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच