
काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रमहरु एवं संगठन निर्माणको अवस्थाबारे समिक्षा भएको बताइएको छ ।
पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकले राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।
साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्ने र आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ।
राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको उहाँले बताउनु भयो ।
देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशालाई चिर्न संसदका पहिलो र दोश्रो दल सम्मिलित कांग्रेस-एमालेको सरकार पूर्णत: असफल रहेको राप्रपाको निश्कर्ष रहेको छ।
केवल सरकारहरु परिवर्तन हुँदैमा देशको विद्यमान समस्याहरुको समाधान हुन नसक्ने बताउँदै राप्रपाले प्रणालीगत कमजोरीमा आमूल सुधार अहिलेको आवश्यकता रहेको पनि बताएको छ ।
यसका लागि राप्रपाले निरन्तर उठाउॅदै आएको र सबैलाई स्विकार्य हुने ‘नवीन समझदारी’ उपयुक्त विकल्प भएको उल्लेख गरेको छ।
‘कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछ ।' श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी लिने पनि बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच