
कालीकाेट । कर्णाली प्रदेशका २६ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सबैभन्दा धेरै क्याम्पसकाे स्ववियुकाे सभापतिमा जीत हासिल गरेको छ । २६ क्याम्पसमध्ये अखिल क्रान्तिकारीले १२ क्याम्पसमा जीत हात पारेको छ भने नेकपा (एमाले) निकट अनेरास्ववियुले ८ क्याम्पसमा जीत हात पारेको छ । नेपाली कांग्रेस निकट नेविसंघले ६ स्थानमा जीत हात पारेको छ ।
यस पटकको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले याे प्रदेशका सबैभन्दा बढी क्याम्पसमा विजय हासिल गर्दै कर्णालीमा पहिलो स्थान कायम गरेको छ भने अनेरास्ववियु दोस्रो स्थानमा रहेको छ । नेविसंघ भने तेस्रो स्थानमा सीमित भएको छ ।
अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरूमा रुकुमका शीतल क्याम्पस चौरजहारीमा प्रकाश डाँगी, राडिज्युला शिक्षा क्याम्पसमा सुप्रिम वली, सानोभेरी शिक्षा क्याम्पसमा वीरभान भण्डारी, सिम्रुतु शिक्षा क्याम्पसमा दीपेन्द्र वली रहेका छन् ।
यस्तै, हुम्लाको सूर्योदय क्याम्पस श्रीनगरमा रीमिलाल बुढा, सल्यानको बनगाड क्याम्पसमा जीवन विष्ट, डोल्पाको लिकु संयुक्त क्याम्पसमा राजेन्द्र गिरी, जुम्लाको सिजा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य, रुकुमकै स्यार्पु बहुमुखी क्याम्पसमा टेकराज विश्वकर्मा, सल्यानको जनकल्याण क्याम्पसमा गणेश वली, कालीकोटको जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा बसराज बोहरा र सल्यानकै फारुल्ला बहुमुखी क्याम्पसमा हिमा शर्माले जीत हासिल गरेका छन् ।
नेविसंघले जितेका क्याम्पसहरूमा सल्यानको कपुरकोट बहुमुखी क्याम्पसमा दीपेन्द्र बुढा मगर, शिवजन क्याम्पसमा संजय हमाल, मुगुको चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पसमा धनचन्द्र कार्की, हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा सागरकुमार शाही, जाजरकोटका कालागाड बहुमुखी क्याम्पसमा विशालविक्रम चुनारा र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा मोहन विष्ट रहेका छन् ।
यस पटकको निर्वाचनले विद्यार्थी संगठनहरूको शक्ति सन्तुलनलाई प्रष्ट रूपमा देखाएको छ । अखिल क्रान्तिकारीको अग्रता, अनेरास्ववियुको प्रतिस्पर्धी हैसियत र नेविसंघको सीमितता कर्णालीको विद्यार्थी राजनीतिमा देखिएको छ । विद्यार्थीहरूले गरेको यो राजनीतिक छनोटले उनीहरूको राजनीतिक झुकाव र संगठनप्रतिको विश्वासलाई झल्काएकाे छ । क्याम्पसहरूमा विद्यार्थीहरूको जनमत प्रतिनिधित्व गर्ने यो निर्वाचनले संगठनहरूको प्रभाव र विद्यार्थीहरूमा हुने प्रभावकारी पहुँचलाई पनि स्पष्ट रूपमा उजागर गरेको छ ।
देशभरको नतिजालाई हेर्दा अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये ७ वटामा स्ववियू सभापति जितिसकेको छ भने अहिलेसम्म ६५ क्याम्पसको स्ववियू सभापतिमा जित हासिल गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच