
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के ३ इभी र टाटा टियागो इभी नेपालगञ्जमा लन्च गरेको छ । नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेसनल शोरुमबाट उल्लेखित गाडी लन्च गरेको हो । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथ नेपालगञ्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्टको उपस्थिति रहेको थियो ।
प्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सिजापतीले भन्नुभयो, ‘आज टाटा इभीका नयाँ मोडलहरू नेपालगञ्जमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउण्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण नेपालको बाटो सुहाउने प्रिमियम गाडी भएकाले प्रिमियम एसयुभी लिन खोज्ने ग्राहकको पहिलो रोजाइमा पर्नेमा हामी ढुक्क छौं । नेक्सन के ३ इभी अझै ठूलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ । टियागो इभी २०२५ मोडल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ ।’
त्यस्तै, रुद्रप्रिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सका आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्षित भएको बताउनुभयो भने टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाका लागि सिप्रदी लागिरहेको र ग्राहकलाई टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच