
काठमाडौं । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ ।
तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको भोलि (आइतबार) बिहान ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्नुहुने छ ।संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोली र पर्सिको लागि आवासको व्यवस्था गरेको छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ ।
अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने छन्।महाधिवेशनले चौतारीको नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनाव मार्फत टुंगो लगाइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच