
भक्तपुर । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका पूर्व अध्यक्ष, केन्द्रीय पदाधिकारी, तथा जिल्ला तहका नेताहरूको भेला शनिबार भक्तपुरमा सम्पन्न भएको छ।
भेलामा हालको राजनीतिक परिस्थिति, नेपाली कांग्रेसको भूमिकासहित संविधानसभाबाट प्राप्त उपलब्धिहरूको रक्षा र पार्टी सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको छ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद प्रसाद कायस्थले नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन बिगतका पदाधिकारीहरू तथा हाल सक्रिय नेताहरूबीच व्यापक छलफल भएको बताउनु भयो। 'संविधानसभाबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नु सबैको दायित्व हो। पछिल्लो समय केही समूहहरू यसको विरोधमा उत्रिएका छन्, जसले संवैधानिक स्थायित्वमाथि नै प्रश्न उठाउन सक्छ। यस्तो अवस्थामा पार्टीको भूमिकालाई स्पष्ट पार्दै सरकारलाई सकारात्मक दबाब दिन आवश्यक छ,' कायस्थले भन्नुभयो।
भेलामा सहभागी नेताहरूका अनुसार, नेपाली कांग्रेसलाई अझ मजबुत बनाउन पुराना र नयाँ पुस्ताबीच सहकार्यको खाँचो रहेको निष्कर्ष निकालिएको छ। 'पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउनुका साथै बिगतमा नेतृत्व गरिसकेकाहरूको अनुभवलाई उपयोग गर्नुपर्छ,' एक सहभागी नेताले भन्नुभयो।
भेलामा उठेका मुख्य विषयहरूलाई संकलन गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिने र यसले आगामी दिनमा पार्टीको नीति निर्माणमा सहयोग पुग्ने आयोजकहरूले बताएका छन्।
कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट १०० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच