-चञ्चल झा
रौतहट । रौतहटको दशगजा क्षेत्रबाट भारतीय रुपैयाँसहित एकजना व्यक्ति पक्राउ परेको छन् । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा चेक जाँचगर्दा शनिवार साँझ करिब ४ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शंकाको लागेर चेकजाँच गर्दा भारतीय नगद रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी नजिकको दशगजामा भारतबाट नेपालतर्फ आउदैँ गरेको साइकललाई रोकी सशस्त्र प्रहरी बल, नेपालको सीमा गस्ती टोलीले चेकजाँच गर्दा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका करिब ३३ वर्षिय राजकुमार सुढीलाई सशस्त्र प्रहरीले तिनलाख ७७ हजार ९ सय भारतीय रुपैयासहित नियन्त्रणमा लिएको सशस्त्रप्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेड क्वाटर रौतहटकाअनुसार ब्रह्मपुरी नाका भएर हुन्डी कारोबार भइरहेको आशंकाको अधारमा सरप्राइज चेक पोस्ट राखेर चेक जाँचगर्दा भारतबाट साइकल चढेर आउँदै गरेका राजकुमार सुढीले आलु खुर्सानी राखेको नाइनलको झोला भित्र पोका बनाएर राखेको रु.५०० को नोट ३८१ थान , २०० को नोट १ थानर १०० को नोट १८७२ थान गरि ३ लाख ७७ हजार ९ सय भारतीय रुपैया सहितपक्राउ परेका हुन् ।
भारतीय रुपैयासहित पक्राउ परेका सुढीले चढेको साइकल तथा निजले प्रयोग गर्ने मोबाइलसहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि आइतवार गौर भन्सार कार्यालय बुझाउने तयारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।
केहि दिन अगाडी समेत सशस्त्र प्रहरीले तीन लाख उनन्नसाठ्ठी हजार नेपाली रुपैयासहित दुइजनालाई पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच