सर्लाही । अनुकरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्वक खर्च गरौं भन्ने नाराका साथ ग्लोबल मनी विक २०२५ अन्तर्गत लालबन्दीमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी बैंकर्स समूहको आयोजनामा भएको कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञान र सचेतनासम्बन्धी प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरी गरेका थिए । सो अवसरमा डिजिटल बैंकिङ, साइबर सुरक्षासम्बन्धी जनचेतना बढाउन विभिन्न सन्देशसमेत प्रवाह गरिएको थियो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बैंकिङ सुरक्षासम्बन्धी सतर्कता अपनाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको एनएमबी बैंक लालबन्दी शाखा प्रमुख अरुण आचार्यले जानकारी दिनुभयो ।
वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले बैंकिङ सेवा सुरक्षित तथा जिम्मेवारपूर्वक प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । ग्लोबल मनी विक प्रत्येक वर्ष चैत महिनामा मनाइन्छ, जसले बालबालिका, युवा तथा आमनागरिकलाई वित्तीय साक्षरताबारे सचेत गराउने उद्देश्य राख्छ ।
लालबन्दीमा मात्र डेढ दर्जन बढी बैंक तथा वित्तीय संस्थाले बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । जसले गर्दा यस क्षेत्रमा सहजरूपमा बैंकिङ कारोबार सञ्चालनका साथै व्यवसाय प्रवर्द्धनमा समेत अतुलनीय योगदान पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच