काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरप्रति प्रश्न उठाउनुभएको छ । शनिबार ललितपुरमा आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौं वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले कृषिमा यान्त्रिकीकरणको आवश्यकता रहे पनि उपकरणको गुणस्तरीयतामा विश्वास गर्न नसकिने बताउनुभएको हो । मन्त्री अधिकारीले आफैंले किनेको हाते ट्याक्टर बिग्रिएर प्रत्येक वर्ष १० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको उल्लेख गर्दै ५० हजार रुपैयाँमा किनेको मेसिनको मर्मतमा किसानले धेरै खर्च गर्नुपरेको अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले किसानलाई कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर निर्णय लिन आग्रह गनुभयो । साथै कृषि यान्त्रिकीकरण प्रवद्र्धनमा व्यवसायीहरूको भूमिका महŒवपूर्ण रहेको भन्दै स्वदेशमै कृषि उपकरण उत्पादनको पहल गर्न पनि आहृवान गर्नुभयो । उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न सरकार यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै अघि बढेको मन्त्री अधिकारीको भनाइ थियो । उहाँले आधुनिक कृषि यन्त्र तथा उपकरणमा अनुदान कार्यक्रम निरन्तर सञ्चालनमा रहेकाले उत्पादन वृद्धि भइरहेको उल्लेख गर्दै सरकार सरोकार पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच