दुर्घटनामा परेका युवाको नौ दिनपछि मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । चैत १ गते आफैं चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा गरेका झापाका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । विएण्डसी अस्पताल बिर्तामोडको सघन उपचार कक्षमा उपचार भइरहेका बाह्रदशी गाउँपालिका-६ का ३५ विकास भट्टराईको शनिबार राति मृत्यु भएको हो ।

उनले चलाएको मे. ३ प ६२२६ नम्बरको मोटरसाइकल चैत १ गते दिउँसो सोही वडाको नारायणचोक नजिक दुर्घटना भएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । घाइतेलाई बचाउ नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?