फोटोन गाडी एक करोड युनिट बिक्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फोटोनले विश्वभर एक करोड युनिट बिक्री गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्दै व्यावसायिक सवारी साधन बिक्रीको इतिहास रचेको छ । फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाउँदै डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारी साधनको आपूर्तिमा नयाँस्तर कायम गरिरहेको छ । कम्पनीका अनुसार उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारी उद्योगहरूको पहिलो रोजाइ बन्न पुगेका छन् ।

उत्कृष्ट सवारी साधन निर्माणमात्र नभई आपूर्ति शृंखला एकीकरण, रोजगारी सिर्जना र यातायात सञ्जाल विस्तारमार्फत् अर्थतन्त्रलाई सशक्त बनाउने काम पनि फोटोनले गरिरहेको छ । फोटोनले दिगो र प्रभावकारी यातायात प्रविधिमा अग्रसर भई नयाँ खोज तथा विकासमार्फत् आधुनिक, उच्च प्रदर्शन गर्ने व्यावसायिक सवारीहरू निर्माण गरिरहेको छ । एक करोड युनिट बिक्री र आगामी दिनका लागि दृढ लक्ष्यसहित फोटोनले व्यावसायिक सवारी साधन क्षेत्रमा विश्वव्यापीस्तरमा नयाँ उचाइ हासिल गरिरहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?