
राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरिएको छ । प्रधान न्यायाधिश प्रकाशमान सिंह राउतले सोमबार भवनकाे उद्घाटन गर्नुभएको हो । केही समय अगाडी देखि नै सेवा वितरण गर्न सुरु गएिको भएपनि सोमबारबाट आधिकारीक उद्घाटन गरी सेवा सुरु गरिएको जिल्ला अदालतका न्यायाधिश गिरिराज गौतमले जानकारी दिनुभयो ।
२०७९ साल असार १९ गते सम्झौता भई ३० महिना अर्थात २०८१ साल पुस १८ मा सम्पन्न हुनेगरी सम्झौता भएको थियो । १९ करोड ६४ लाख १८ हजार २ सय ३८ रुपैयाँ ४० पैसा भ्याट बाहेकको रकममा स्काई/स्टेट/चन्द्रज्योती जेभी सँग भवन निर्माण सम्झौता भएको थियो । समय अगावै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
उपयुक्त कार्यवातावरणका लागि भौतिक संरचनाको परिकल्पना गरिएको हुन्छ, त्यसरी नै न्यायिक जनशक्तिको सिप, नविनतम विषयवस्तुको जानकारी अपरिहार्य मानिने भएकाले वर्तमान युगमा कानून र न्यायको ज्ञान तथा अनुभवको साथै न्याय सम्पादनको लागि अन्य समसामयिक विषय वस्तुको प्रयोग आतिआवश्यक हुने प्रधानन्यायाधीस राउतले बताउनुभयो ।
भौतिक विकास केवल साधन मात्र भएकाले, न्याय सम्पादनमा ज्ञान सिपको सजिव प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । न्यायपालिका सँधै विवादहरुको चाङमा रहनुपर्ने भएपनि स्वयम आफु चाहि सधै निर्वीवाद हुनुपर्ने चुनौति सधै रहने बताउनु भयो । यस्ता खालका विवादरहित निरुपण गर्न दुई वटा महत्वपूर्ण तत्वहरुको अवलम्बन गर्नुपर्ने बताउनु भयो । ‘पहिलो न्यायिक जनशक्तिको सक्षमता हो, जसमा योग्यता, आनुभव, व्यावसायिक कार्यदक्षता जस्ता तत्वहरु अतिआवश्यक हुन्छन् र दोश्रोमा इमान्दारीता अपेक्षीत हुन्छ, जसमा न्यायकर्ताको निष्ठा, समर्पण र निर्वीवाद अपरिहार्य हुन्छ ।’
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं संघिय माननीय रामहरि खतिवडाले ओखलढुंगा, सोलु, खोटाङ मध्येकै उत्कृष्ट भवन निर्माण गरि उद्घाटन गर्न आउनु भएकोमा सबैलाई स्वागत र धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले कार्यक्रममा बोल्दै सन्सारमा नागरिकको आस्था र भरोसाको केन्द्र केहि हो भने न्यायपालीका हो, सन्सारमा बाबुआमा र छोराछोरीबिचको नाता सबै भन्दा प्यारो हुन्छ, तर कहिलकाँही बाबुआमाले छोरालाई अंस दिदैनन् । आमाबाबु सँगै न्याय पाइन भनेर न्यायलयमा जाने गरेका छन् । त्यसैले न्यायपालीका भनेको बाबुआमा भन्दा पनि नजिकको सबैको भरोसाको केन्द्र भएको बताउनुभयो ।
उच्च अदालत बिराटनगर अस्थाई इजलास ओखलढुंगाका न्यायाधीस धीरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यता, पूर्व प्रधानन्यायाधीस हरिकृष्ण कार्की लगायत अन्य जिल्ला र उच्च अदालतका न्यायाधीसहरुको उपस्थिति रहेको थियो । त्यसै गरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं संघिय माननीय रामहरि खतिवडा, कोशी प्रदेश सभाका पूर्व सभामुख बाबुराम गौतम लगायत जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुखको उस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच