वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

Read Time = 12 mins
A A- A+

✍️ डा.सुमनकुमार रेग्मी
दैनिक उपभोग्य र विलासिताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्थ रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दैछ । स्वदेशी उत्पादन वृद्धि तथा प्रबद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु र आयातित सामान गुणस्तर नभए पनि अन्धधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ ।

अघिल्ला वर्षझैँ अगाडिका वर्ष निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । व्यापार घाटा कम गर्न समय समयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि हुन सकेन । आयात प्रतिस्पर्धाका १२ वस्तुका निर्यात पनि निराशाजनक अवस्थामा भएका छन् । हर वर्ष निर्यात बढाउने भनी नयाँ-नयाँ स्याम्पुलका रूपमा नयाँ कार्यक्रम ल्याई हौवा फिजाइन्छ तर हर वर्ष कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अद्योगतिमा जाँदैछ । यसको प्रत्यक्ष प्रमाणका रूपमा नेपालको निकासी बढेर जान नसक्नु नै हो ।

भारतसँगको व्यापार हिस्सा ६० देखि ६७ प्रतिशत जति भए पनि भारतसँगको व्यापार घाटा चुलिँदैछ । त्यस्तै यसै उत्तरी असल मित्र चीनसँग नेपालको व्यापार घाटा अर्बौं भइसकेको छ । चिनियाँ विभिन्न गुणस्तरका सामान आायत भएको छ । नेपालको चीनमा निर्यात भने आत्मग्लानिका रूपमा ३ अर्बभन्दा माथि जाँदैन । नेपालको व्यापार घाटा भएका देशहरूमा इण्डोनेशिया, अर्जेनटिना, थाइल्यण्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत अरू देशहरू छन् ।

नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायत देश छन् । नेपालबाट मुख्य रूपमा निकासीमा पाम आयल, भटमासको तेल, धागो, चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोशाक, चाउचाउ, जुसलगायत वस्तुहरू छन् । २०७८/०७९ को पाँच महिनामा नेपालको १४३ देशसंग वैदेशिक व्यापार भएकोमा व्यापार घाटा १२० देशसँग रहेको छ ।

हालको रफ्तारमा व्यापार घाटा बढ्दै जाने हो भने २०७८/०७९ अन्तसम्ममा १७ खर्ब रुपैयाँको व्यापार घाटा हुने प्रक्षेपण गरिएको छ। २०७८/०७९ को पहिलो नौ महिनामा नेपालको आयात १४ खर्ब ६६ अर्ब ६६ करोड भएको छ । यस अवधिमा नेपालको निर्यात १ खर्ब ६० अर्ब ५७ करोड भएको छ । त्यसै हिसाबले नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोडको भएको छ । यो घाटा २०७७/०७८ को पहिलो ९ महिनाको तुलनामा २८.४७ प्रतिशतले बढी देखिन्छ ।

आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेकका सामग्रीमा प्रतितपत्र अथवा एलसी नखोल्ने निर्णय गरे पनि ९ महिनामा अर्बाैं रुपैयाँको बिलासिताका सामान आयात भएका छन् । देशमा नै उत्पादन हनसक्ने फलफूल, खाद्यान्नको आयातसमेत हृवात बढेको छ । नौ महिनाको निर्यात भएका वस्तुमध्येमा भटमासको तेल, पाम तेल, सनफलावर अगाडि छन् ।

सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषदीयुक्त तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात टिबिटी र एसपिएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ । यसका लागि हरेक प्रदेशमा प्रविधियुक्त नाका तोकिने कुरा प्रकाशमा आएको थियो ।

देशको व्यापार घाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघिसारे पनि देशको व्यापार घाटा बढ्दै गएकाले सरकारको कार्यक्रम सफल भएको देखिएन । निकासी बढ्न नसक्नु र आयात तीव्र गतिमा बढ्नु देशको व्यापार घाटा बढ्दै जानुमा कारक तत्व भएको थियो । नेपालबाट निर्यात हुने केही हरेक वस्तु अर्बमा र धेरैजसो आयातित वस्तुहरू खर्बौंमा आयात हुँदै आएकाले देशको व्यापार घाटा बढ्दै आएको थियो नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा पामआयल, भटमासकोे तेल, धागो, कपडा, तयारी पोशाक, गलैैंचा, अदुवा, चिया, चाउचाउ, अलैंची आदि रहेका थिए ।

अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो । तर, तयारी पोशाकको निर्यात बढेको थियो । कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात वृद्धि भएका वस्तुहरूमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाइल सेट मुख्य थिए । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घिउ, तयारी पोशाकलगायतको कुनै वर्ष निर्यात बढेको छ भने जुस, अलैंची, जिआई पाइप, उनी गलैंचासहितको कुनै वर्ष निर्यात घटेको छ । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, आयताका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायत वस्तुका आयात बढेको छ ।

तर, कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी वेयर्स, खाने तेल, ब्याट्रीलगायतका वस्तुहरूको आयात घटेको–बढेको छ । पशुआहार, तयारी पोशाक, पिना, वनस्पति घ्यूलगायतको वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, ऊनी गलैंचा, पाइप, टुथपेष्टलगायत वस्तुका निर्यात घटेको देखिन्छ । भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा बढेको देखिन्छ ।

करिब तीन दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हालका वर्षमा ३० अर्ब रुपैयाँको भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदैआएको छ । नेपालमा इन्धनमात्रै वर्षेनी १ खर्ब ४० अर्ब बढीका खपत भइआएको छ । वर्षेनी ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ ।

नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कारपेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए । अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनि पहिचान भइसकेका कृषि वस्तुका लागि सम्बन्धित जिल्लालाई सो वस्तुहरूको निकासी जिल्ला भनी धोषित गर्नुपर्ने देखिन्छ । यसैगरी विमिन्न निकासी वस्तुको उत्पादन र प्रशोधनमा विशिष्ट स्थान रहेका अन्य जिल्लालाई क्रमशः निकासी प्रदेश क्षेत्र घोषित गरी निकासी प्रबद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । निर्यात प्रबद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सकेमात्र निकासी प्रबद्र्धनमा सघाउ पुग्न जाने हुन्छ ।

उच्चतम मूल्य प्राप्त हुने तर चाँडै सडीगली जानसक्ने कृषिका वस्तुहरू पनि बाहृय देशहरूमा निकासी हुन थालेको वा जानसक्ने सन्दर्भमा यस्ता वस्तुका निकासीकर्तालाई थप प्रोत्साहन प्रदान गर्न र सामान बिग्रन वा बिक्री नहुन जाने जोखीमलाई कम गर्न सुरक्षाको लागि विमानस्थलमा अत्याधुनिक शीत गोदाम र रेफ्रिजरेसन प्लान्ट राख्न भन्सार क्षेत्रमा निजीक्षेत्रको सहयोगमा सञ्चालन गरी निजी क्षेत्रको उपयोगका लागि सुविधा दिइनुपर्ने देखिन्छ ।

तोकिएका कृषि-वन वस्तुहरूको बाली कटान गरी प्रशोधन, सुरक्षा, प्याकिङ, ढुवानी, आदि कार्यमा सूचना, जानकारी, तालिम तथा अन्य सहयोगका साथै विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि मेलामा भाग लिन सहयोग एवं पहल गरी निकासी बढाउन सघाउ गर्न सकिन्छ । नेपाल कृषिप्रधान देश भएर पनि नेपालबाट बाहृय मेलामा गैरकृषि वस्तुमा बढी ध्यान दिएको देखिन्छ । निकासीसँग सम्बन्धित परियोजनाका सञ्चालनमा वा लागि आर्थिक तथा थप सुविधा दिनुपर्ने देखिन्छ । नेपालले बाहृय कृषि मेलमा भाग लिएको देखिँदैन ।
(लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्वनायव कार्यकारी निर्देशक हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?