काठमाडौं । शैक्षिक क्षेत्रमा क्रियाशील डिभी एजुकेसन ग्रुपअन्तर्गतको सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले प्रभावकारीरूपमा सामाजिक सञ्जाल प्रयोगबारेमा ‘स्किल डेभलपमेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कलेजले कलजेस्तरमा अध्ययनरत किशोरीलाई लक्षित गरी शुक्रबार धुलिखेलमा उक्त कार्यक्रम गरेको हो । वर्कसपमा सामाजिक सञ्जाल प्रयोग, सञ्जालको उपयोगिता, सामाजिक सञ्जाल प्रयोगमा टेक्नोलोजीको ज्ञानलगायत विषयमा छलफल भएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका ३ का अध्यक्ष गणेश आचार्यले सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्न सके लाभ लिन सकिने भन्दै स्मार्टफोनलाई स्मार्ट तरिकाले चलाएमात्र स्मार्ट बन्न सकिने बताउनुभयो ।
कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डिभी एजुकेसन सक्षम नारी ४.०’ अभियानअन्तर्गत वर्कसप सञ्चालन गरिएको बताउनुभयो । प्रविधि प्रयोगमा जोकोही सचेत बन्नुपर्ने र त्यसमा पनि किशोरीहरू विशेषरूपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको उहाँको भनाइ थियो । करिब ५० जना सहभागी रहेको कार्यक्रमको सहजीकरण सुफल काफ्ले र आनन्द कर्णले गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच