उदयपुर सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो

Read Time = 2 mins

सरोज निरौला/हिटा
उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको विद्युत् काटिएको छ । नियमित भुक्तानी गर्नुपर्ने रकम समयमै नगरेकाले विद्युत् काटिएको नेपाल विद्युत् प्राधिकरण गाईघाट शाखाले जनाएको छ । प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार सात करोड ९४ लाख बढी विद्युत् महसुल बुझाउन बाँकी देखिएकाले विद्युत् लाइन काटिएको हो ।

प्रदेश र केन्द्रसँगै समन्वय गरेर विद्युत् लाइन काटिएको शाखा प्रमुख खत्रीको भनाइ छ । बीच-बीचमा रकम भुक्तानी गर्दै गए पनि अपुरो भुक्तानी गर्ने गरेकाले बाँकी सात करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी रहेको खत्रीले बताउनुभयो । प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समय लाइन काटिने व्यवस्था छ । तर, उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि बक्यौता नबुझाएका कारण लाइन काटिएको हो । उद्योगले ट्रंक र डेडिकेटेड लाइनबापत करिब ४२ करोड ३३ लाख बढी बक्यौता तिर्न बाँकी देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?