नेपाल-म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कमिङ टुगेदर फर ट्रेड एण्ड टुरिजम प्रमोसन भन्ने नाराका साथ म्यानमारस्थित नेपाली राजदूतावासले यांगुनमा २१-२२ मार्चमा नेपाल-म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५ आयोजना गरेको छ । एक्स्पोमा नेपाल तथा म्यानमारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आइटी क्षेत्रसँग सम्बन्धित ५० भन्दा बढीमा आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी गरेका थिए । एक्स्पो म्यानमारका वाणिज्यमन्त्री यु टुन इजल तथा म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले संयुक्त उद्घाटन गर्नुभएको थियो । सो अवसरमा दुई देशका प्रतिनिधिले प्रस्तुतिकरण, सांस्कृतिक प्रस्तुति तथा स्टल अवलोकन गरेका थिए ।

राजदूत घिमिरेले दुई देशबीचको ऐतिहासिक धार्मिक सम्बन्ध अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रमा साझेदारी सुदृढ गर्न दूतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताउनुभयो । पर्यटन र सूचना प्रविधि सेवा क्षेत्रमा सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको भन्दै दुवै देशका सम्भावित व्यवसायीलाई एकै ठाउँ ल्याएर र सम्पर्क स्थापित गर्न एक्स्पोले उपयुक्त प्लेटफर्मको काम गर्ने उहाँले बताउनुभयो भने म्यानमारका वाणिज्यमन्त्रीले म्यानमारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेको भन्दै नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको बताउनुभयो । म्यानमारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । युनियन अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रिज (युएमएफसिसिआई) र नेपाल म्यानमार चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्षहरूले पनि दुई देशबीच पर्यटन र सूचना प्रविधि व्यापारको सम्भावनामा जोड दिएका थिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रानु शाहले लुम्बिनीलगायतका नेपालका आकर्षक पर्यटकीय स्थल र गतिविधिबारे प्रस्तुति दिनुभएको थियो । युएमएफसिसिआईका सहमहासचिव क्याओ देवाले दुई देशबीच व्यापार सम्बन्ध तथा सम्भावना विषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने सहभागी नेपाली आइटी कम्पनीमध्येका प्रतिनिधि विनोद पोखरेलले नेपालको उदीयमान आइटी क्षेत्रबारे प्रस्तुतीकरण गर्नुभएको थियो । करिब दुई सय ५० जनाको सहभागिता रहेको कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री, आर्थिक मामिलामन्त्रीलगायत उच्च सरकारी पदाधिकारी, व्यवसायीहरू तथा नेपाली समुदायको सहभागिता रहेको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?