काठमाडौं । विश्व पानी दिवसका अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी(वाकाथन) कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व पानी दिवसका अवसरमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकले दिगो विकासको लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रिया सोहीअनुरूप गर्दै आएको छ ।
सोही क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन(इएसजी) मान्यता अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमसमेत लागू गरिसकेको छ । हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलमार्फत् बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर रहेको बैंक नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउन पनि प्रतिबद्ध रहेको जनाएको छ ।
बैंकले आयोजना गरेको पाँच किलोमिटर प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैह्रीधारा हुँदै पुनः नक्साल पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवाला गरी छ सय ५६ जनाको सहभागिता रहेकोमा तीन सय ९५ पुरुष र दुई सय ६१ महिला रहेका बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच