काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विकका अवसरमा नेपाल कमर्स क्याम्पस मीनभवनमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । चैत १० गते स्नातक तह (बिबिएस) संकायतर्फका विद्यार्थीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार, डिम्याट, आइपिओ, बैंकिङ प्रणाली, सेयर कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजनालगायतका विषयवस्तुबारे जानकारी दिइएको थियो ।
वित्तीय साक्षरता अभियानमार्फत् माछापुच्छ्रे क्यापिटलले युवालाई आर्थिकरूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक कम्पनीका रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत् धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच