सिन्धु विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिन्धु विकास बैंकको १४औँ र १५औँ वार्षिक साधारणसभा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । साधारणसभाको विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब २० करोड हुनुपर्ने व्यवस्थाअनुसार बैंकको हाल कायम चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्र बैंकलगायत अन्य नियमनकारी निकायहरूले स्वीकृति प्रदान गरेपछि मात्र उक्त हकप्रद सेयर जारी गर्ने उक्त प्र्रस्ताव स्वीकृत गरेको साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी कार्य गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?