पाकिस्तानमा तीन करोड ३० लाख नागरिक बाढीको चपेटामा

१२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति

Read Time = 2 mins

इस्लामावाद । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा पछिल्लो समयसम्म तीन करोड ३० लाख नागरिक प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगित र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन् ।

पछिल्लो समय पाँचजनाले बाढीबाट ज्यान गुमाएका छन् । साथै बाढीमा परेर अरू कैयौँ व्यक्ति घाइते भएका बताइएको छन् । बितेका दुई महिनामा यहाँका एक हजार ४८६ को बाढीबाट ज्यान गएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्यांक सार्वजनिक गरेको छ ।

बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?