
काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसार उनीहरुले गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको हो ।
उनीहरुमाथि स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखा अधिकृत सुमनकुमार पुरीले स्वास्थ्य केन्द्र तथा डिप बोरिङ निर्माणका लागि ठेक्काको सूचना सार्वजनिक नगरी अनियमितता गरेको पाइएको आयोगको दाबी छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद तथा बिगो बराबर जरिवानाको माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच