भारतको सानदार जित

Read Time = 2 mins

नयाँदिल्ली । वेस्ट इन्डिजले पाँचौँ तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतले ८८ रनले सानदार जित हात पारेको छ । योसँगै भारतले सिरिज ४-१ ले जितेको छ । जितका लागि १८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा सबै विकेट गुमाएर एक सयमात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रन बनाउनुभयो । शम्राह ब्रुक्स १३ र डेभन थोमस १० रनमा आउट हुनुभयो ।

वेस्ट इन्डिजका आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान निकोलस पुरन ३ र रोभम्यान पावेल ९ रनमा आउट हुनुभयो । भारतका स्पिनर रवि विश्रोईले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिनुभयो । कुलदीप यादवले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै स्पिनर अक्षर पटेलले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । भारतका ओपनर श्रेयस ऐरले ४० बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाउनुभयो । कप्तान हार्दिक पान्ड्या १६ बलमा २ चौका र २ छक्कासहित २८ रनमा रन आउट हुनुभयो ।

ओपनर इशान किशन ११ र दीपक हुडा ३८ रन, सञ्जु स्यामसन १५ र दीनेश कार्तिक १२ रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका ओडेन स्मिथले ४ ओभरमा ३३ रन खर्चेर ३ तथा जेसन होल्डर, डोमिनिक डे«क्स र हायडन वेल्स जुनियरले एक÷एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?