
काठमाडौं । युरोपेली महादेशको विश्वकपमा छनोटमा नर्वेले उत्कृष्ट सुरुवात गरेको छ। समूह आइमा लगातार दोस्रो जित हात पार्ने क्रममा नर्वेले इजरायललाई मंगलबार राति भएको खेलमा ४-२ ले हरायो।
नर्वेका लागि डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लाथ, क्रिस्टोफर अजर र एर्लिङ हलान्डले गोल गर्नुभयाे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर टुगेमानले गोल गर्नुभयाे । समूह आइकै अर्को खेलमा इस्टोनेसियाले माल्डोभामाथि ३-२ को सफलता पायो।
समूह जेको खेलमा काजकिस्तानले लिचेस्टाइन माथि २-० को सफलता पायो। वेल्स भने उत्तरी मेसोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो। समूह एलको खेलमा मोन्टेनेग्रोले फारो आयज्लइान्ड माथि १-० को सफलता पायो। चेक गणतन्त्रले जिब्राल्टरलाई ४-० ले हरायो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच