
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।
उहाँले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बताउनु भयो । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उहाँको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले बिरोध गरिरहेको उहाँको आरोप छ । १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ । दिनैपिच्छेका उपद्रो होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठूलो घाटा परेछ कसैलाई छाति पिटिपिट कन रोएका छन् । एउटा कर्मचारीलाई कारबाही ग-यो अरे सरकारले । त्यसको विधि अर्को होला नि संसद बन्द गरेको छ । प्रधानमन्त्रीले आएर जवाफ दिनुप-यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो सिद्धियो नि त । कहाँ पाल्र्यामेण्टमा जवाफ दिने । थाहा पाइएन । एउटा हटायो, अर्को नियुक्त ग-यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी ? वाह । कोको भन्नुहुन्छ, उहाँहरुले त्यो त्यो कर्मचारी केके भनेर चलाउनुहुन्छ, त्यसरी चलिदिने कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने । कोको छन् त्यस्तो राखिदिनुपर्ने । अनुशासनहिनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने । उहाँहरु केके न इस्यु पायौँ भनेर बोकेर हिँड्ने । त्यो हामीले बुझेका छौँ । उहाँहरु देशलाई एक पाइला अघि बढ्न दिन चाहनु हुन्न । कानून पास गर्न नदिन कोशिस गरिरहनुभएको छ । त्यसका बिरुद्ध एउटा बहाना संसद अवरुद्ध गर्ने । सबैलाई थाहा छ, १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैन, फेरि अर्को विधेयकका रुपमा जानुपर्ला । त्यो हुन नदिन काम गर्न नदिनका लागि, विधेयक पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ । सुकुम्वासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि सबै यो काम उहाँहरुले गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।’
नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच