
खोटाङ । खोटाङमा २० ओटा वडा डढेलोको उच्च जोखिममा रहेका छन् । सुख्खा मौसम र हावाहुरीको सिजन सुरु भएसँगै उक्त वडाहरु वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, जालपा, बुईपा, हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, दुर्छिम, महादेवस्थान, अर्खौले, राजापानी, रावाबेशी गाउँपालिकाको लामिडाँडा,ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, केपिलासगढी गाउँपालिकाको बाक्सिला डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।
खोटेहाङ गाउँपालिकाको सबै वडाहरु लिकुवापोखरी, वाप्लुखा, सावाकटहरे, बड्कादियालो, चिप्रिङ, इन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी, लिच्किराम्चे डढेलोको उच्च जोखिममा छन् ।
डढेलोको मध्यम जोखिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, बाम्राङ, खाल्ले, लफ्याङ, पाथेका, खार्मी, नुनथला, विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, च्यास्मिटार, बडहरे, मंगलटार, धितुङ, सल्ले, रावाबेशी गाउँपालिकाको खार्पा, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, जन्तेढुंगा गाउँपालिकाको देविस्थान, काहुले, चिसापानी, दिप्लुङ र बराहपोखरी गाउँपालिकाको फाक्टाङ रहेका छन् ।
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जिल्ला विपद् व्यवस्थापन समितिले दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ ओटा वडामध्ये २० ओटा वडालाई डढेलोको उच्च, २२ ओटा वडालाई मध्यम र ३७ ओटा वडालाई डढेलोको न्युन जोखिममा स्तरीकरण गरेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत उदिम प्रसाद राईले बताउनुभयो ।
डढेलोको उच्च जोखिममा रहेका २० ओटा वडालाई लक्षित गरेर डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धि स्थानीय सञ्चारमध्यमबाट प्रचारप्रसार, हाते ब्रुसरहरु वितरण, वन समूहहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘वन डढेलो नियन्त्रण गर्नका लागि विभिन्न सामाग्रीहरु खरीद गरेर सकेमा वन समूहलाई उपलब्ध गराउने, सब डिभिजन स्तरमा राख्ने र मुख्यगरी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उपलब्ध गराउने तयारी गरिरहेका छौ ।’ डिभिजनल वन अधिकृत राईले भन्नुभयो ।
राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन २०७६ को परिच्छेद १५, कसुर र सजाय अन्तर्गत क्षतिको बिगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
चैत १ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले दुई नगरपालिका र आठ गाउँपालिकाले आगलागीजन्य विपद्लाई न्युनिकरण तथा रोकथाम गर्ने ढाँचाको सूचना, जिङगल तयार गरी स्थानीय सञ्चार माध्यमको समन्वयमा प्रकाशित गर्ने गराउनुपर्ने निर्णय गरेको थियो ।
वैठकले विधुत सम्बन्धी सचेतनामूलक जानकारीको अडियो तथा भिडियो तयार गरी जिल्लाका सञ्चार माध्यमबाट प्रसारण गर्न गराउन विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रलाई निर्देशन समेत दिएको थियो ।
जिल्लास्थित सबै स्थानीय तह र रेडक्रसले आफ्नो मातहत रहेका विपद् नियन्त्रण र प्रतिकार्य गर्नका लागि आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन गरी सामग्री मौज्दातको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई १५ दिनभित्र उपलब्ध गराउन भनिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवंम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो ।
गतवर्ष मात्रै चैत २ गतेदेखि बैशाख २१ गतेसम्म जिल्लाको विभिन्न स्थानमा गरी ६५ वटा वनमा डढेलो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच