हेटौंडा।हेटौंडामा 'बालअधिकार, बालसंरक्षण’ विषयक मकवानपुर जिल्लास्तरीय कार्यशालामा गोष्ठी भएको छ ।
बिहीबार जिल्ला समन्वय समिति मकवानपुर र सिविन नेपाल मकवानपुरको आयोजना कार्यक्रम भएको हो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको सभाध्यक्षता थियो ।
कार्यक्रममा बालसंरक्षणसम्बन्धि कार्यमा प्रत्यक्ष सरोकार राख्ने तथा संयन्त्रहरुको भूमिकाका विषयमा जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्माले प्रस्तुतिकरण गर्नुभएको थियो।
बालबालिकासम्बन्धि विद्यमान कानुन, नेपालको संविधानमा बालबालिकासम्बन्धि व्यवस्था, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समितिको व्यवस्था, प्रदेश बालधिकार समितिका काम, कर्तव्य र अधिकारसम्बन्धि २०७६ को कानुन, बालकल्याण अधिकारको भूमिका, समाजसेवी तथा बालमनोविज्ञको भूमिका र बालगृहको भूमिकाबारे उहाँले प्रस्तुतिकरण दिनुभएको थियो ।
बालश्रम निवारणसम्बन्धि विद्यमान कानुनी व्यवस्थासम्बन्धि श्रम तथा रोजगार कार्यालयका अनितकुमार रसाइलीले प्रस्तुतिकरण दिनुभएको थियो । बाल हेल्पलाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञवालीले बालबालिकाको पछिल्लो अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको थियो। कार्यक्रममा १० वटै पालिकाले आफ्नो पालिकाको बालअधिकार र बालसंरक्षणका अवस्थाबारे प्रस्तुत गर्नुभएको थियो।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, १० वटै स्थानीय पालिका प्रमुख, उपप्रमुख र बालबालिका अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रतिनिधिको कार्यक्रममा उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच