
बैतडी । न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा बैतडी अस्पतालको अङ्क खस्किएको छ । विगतका वर्षहरुमा न्युनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरीमै उत्कृष्ट हुने जिल्ला अस्पतालको अङ्क यस वर्ष भने खस्किएको हो ।
यस वर्ष अस्पतालले चार अङ्क कम पाएको हो ।
गत वर्ष ९३ अङ्क प्राप्त गरेको बैतडी अस्पतालले यो ८९ अङ्क प्राप्त गरेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताउनुभयो । अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा दिने गरेको डाक्टर विकले जानकारी दिनुभयो ।
“समयमै अस्पताल व्यवस्थापन समिति समयमै गठन नहुनु र अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले पनि यसपालि ४ अङ्क घटेको छ” उहाँले भन्नुभयो, “समिति श्रोतसाधन तथा पुर्वाधारका बिचपनि अन्य कुराहरुमा सुधार भएको छ ।”
अस्पताल व्यवस्थापन समितिको म्याद यहि चैत २ गते नै सकिएको छ । जिल्ला अस्पतालमा १५ शय्याको स्वीकृत दरबन्दी रहेको छ । न्युनतम स्वास्थ्य सेवा मापदण्डको मुल्याङ्कन चैत दोश्रो साता मात्रै गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच