
काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ।
राजावादीले गर्ने भएकाे सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । उक्त घरमा राजावादीहरूले ढुङ्गा प्रहार गरी सिसाहरू फुटाएका थिए। त्यसपछि आगजनी भएको हो।
प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड समेत गरेका छन् ।
उनीहरुले घरभित्रबाट विभिन्न सामान निकालेर आगो लगाएका थिए । त्यहीबाट घरमा आगाे लागेकाे हाे ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट स्थानीयहरुको घरको झ्यालका सिसा फुटेर छियाछिया भएका छन् ।
प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच