
काठमाडौं । सरकारले १५ वर्ष मुनिका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालबयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताउनुभयो ।
उहाँले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भनेबमोजिम उक्त निर्णय गरिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका दुई लाख ५० हजारको रूपमा सहायता दिँदै आइरहेको बताउनुभयो । नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा. बुढाथोकीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ वर्ष मुनिका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चालक समितिको बैठकमा माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्यूले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भनेबमोजिम उक्त निर्णय गरिएको छ । यस कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका दुई लाख ५० हजारको रूपमा सहायता दिँदै आइरहेको छ । नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।’
हाँले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवं पुनः स्थापनका लागि नीति तथा कार्ययोजना तयार गर्न प्राध्यापक डा.जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको बताउनुभयो । मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो । जसले शरीरका मांसपेशीहरूलाई क्रमशः कमजोर बनाउँछ । जसले हिँड्न, दौडिन र खेल्न कठिन हुन्छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी जानकारी लिन, स्वास्थ्यसम्बन्धी सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर दिनसक्ने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच