
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको ‘हत्या’ को विरोधमा शनिबार विरोध सभा गरेको छ ।
पत्रकार महासंघको स्थापना दिवसका अवसरमा शनिबार बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गरिएको हो ।
यस्तै, महासंघले स्थापना दिवसका अवसरमा आजको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
यसैगरी आजका लागि महासंघका उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सम्पूर्ण कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासंघले अनुरोध गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच