
काठमाडाैं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई पक्राउ वा नजरबन्द गर्न खोजिएको समाचार आएको भन्दै विरोध गर्नुभएकाे छ ।
उहाँले शनिबार एक विज्ञप्ति जारी गर्नुहुँदै ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको उल्लेख गर्नु भएको छ ।
साथै सुवेदीले सरकार पक्षबाट नियोजित रुपमा गराइएको घुसपैठ र अनपेक्षीत प्रहरी दमनका कारण शुक्रबारको आफूहरुको सभा विथोलिएको उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा हाम्रो संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरु मंचमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रुपमा गराइएको घुसपैठ र अनपेक्षीत प्रहरी दमनका कारण सभा बिथोलियो । सभामा उपस्थित नागरिकहरु माथि अश्रु ग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतंक सिर्जना गर्ने घटनाको घोर भत्र्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहीद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं ।’
आन्दोलनमा भएका कुनै पनि घटनामा संलग्न नभएका हाम्रा जनकमाण्डर दुर्गा प्रसाइ लगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रम पश्चात जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शम्शेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायत अन्य सहयोद्धालाई पक्राउ गर्ने र आफूलाई नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले बताउनुभएको छ ।
यस्तै महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरु बाहिर आएको छ । त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरु स्वतस्फूर्त विरोधमा उत्रने छन् भन्ने हाम्रो जानकारीमा आएको कुरा यहाँ उल्लेख गर्दै त्यस किसीम हुने कदमको घोर भत्र्सना गर्ने पनि सुवेदीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच