
काठमाडाैं । खेलकुदका माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्राकार समाजले विगत आठ वर्षदेखि नियमितरूपमा गर्दै आएको ताम्राकार फुटसल प्रतियोगिताको छैटौं संस्करण चैत १६ गते र २३ गते सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने भएको छ ।
ललितपुरका विभिन्न समाजका खेलाडी सहभागी रहने प्रतियोगितामा खेलाडीलाई जुजु वेयसले जर्सी प्रायोजन गरेको छ । विगत पाँच संस्करण सफलतापूर्वक सम्पन्न भएपछि छैटौं संस्करणको प्रतियोगिताका लागि विभिन्न छवटा उद्योग र कम्पनीहरूले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेका कम्पनीकै नामबाट टिमको नाम कायम रहने प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ७० भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरूमा विके सुनचाँदी पसल, तिछुगल्ली स्टोर्स, दिल हृयाण्डीक्राफ्ट, ओरियन इलेक्ट्रिकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यु रहेका छन् । विके सुनचाँदी पसल गत संस्करणको विजेता हो । विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहनदास ताम्राकारको परिवारले नगद पुरस्कारको प्रायोजन गरेका छन् । प्रतियोगिताका लागि करिब नौ लाखजति खर्च लाग्ने अनुमान छ ।
प्रतियोगिता अवधिमा अण्डर १४ विधामा प्रतिस्पर्धा गर्नेछन् भने महिला खुला तथा भेट्रान टिमले पनि मैत्रीपूर्ण खेल खेल्ने ताम्राकार समाजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच